अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असार १५ मा महासचिव पोखरेलेको सन्देश- किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ

असार १५ मा महासचिव पोखरेलेको सन्देश- किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ


काठमाडौं-नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई किसानलाई सरकारले करोडौँ अनुदान होइन मल,बीउ र उत्पादनमा उचित मूल्य दिन माग गरेका छन्। धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेले यस वर्ष अनियमित वर्षा र खडेरीको सम्भावना रहेकोले किसानलाई हुने ठूलो नोक्सानीबाट जोगाउन सरकारकै अग्रसरतामा  कृषि बिमाको पूर्ण सुनिश्चित गर्नुपर्ने बताएका छन्। 

महासचिव पोखरेलले कृषिमा २ करोड रूपैयाँभन्दा बढी लगानी गर्ने किसानलाई अनुदानको घोषणा गर्नु नराम्रो नभए पनि आम किसानको भन्दा बढ्ता हैसियतको यो घोषणाले साना किसानलाई कुनै प्रभाव नपर्ने उनको भनाइ छ। ‘सरकारले कृषिमा २ करोड रुपैंयाभन्दा बढी लगानी गर्नेहरुका लागि आकर्षक अनुदानको घोषणा गरेको छ। व्यावशायिकता र आधुनिकिकरणका लागि यो कदम आफैंमा नराम्रो होइन’ पोखरेलले लेखेका छन् ‘तर प्रश्न उठ्छ के आम नेपाली किसानको हैसियत त्यती ठूलो लगानी गर्न सक्ने बनेको छ र ?’

कृषि र किसानको प्रशंशा गर्दै महासचिव पोखरेलले भौतिक रुपमा संसारले जतिसुकै समृद्धि हासिल गरे पनि मानव जीवनका लागि खाद्यान्नको महत्व नघटेको उनले प्रष्ट पारेका छन्। सरकारले यो वास्तविकतालाई स्विकार्नुको साटो अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र मझौला र किसान अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको स्पष्ट पारेका छन्। ‘वर्तमान सरकार नीति तथा कार्यक्रममै घोषणा गरेर मध्यम वर्गको पोषण को कुरा गरिरहेको छ,’ महासचिव पोखरेलले लेख्छन्’, ‘मध्यम वर्ग आफैं पनि संघर्ष गरेर जीउन सक्ने तर अहोरात्र उत्पादनको काममा अहोरात्र जुटिरहेको भुँइमान्छेलाई राज्यको ओत र संरक्षणको बढी आवश्यकता पर्दछ।’

Skip This