काठमाडौं- नेपाल खेलकुद महासंघको केन्द्रिय अध्यक्षमा दिपेन्द्र दाहाल चयन भएका छन् । महासंघको आजको बैठकले दाहाललाई अध्यक्षमा चयन गरेको हो । दाहाल यस अघि महासंघको उपाध्यक्ष थिए ।
महासंघका अध्यक्ष पर्शुराम बस्नेत पार्टी केन्द्रीय सदस्य भए पछि सो पदबाट राजिनामा दिएका थिए । बस्नेतको राजिनामा स्विकृत गदै दाहाललाई अध्यक्ष चयन गरेको हो । महासंघको आजको बैठकको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । त्यस्तै संगठन विभागका प्रमुख भानुभक्त ढकाल र जनसंगठन संयन्त्रका प्रमुख विशाल भट्टराईको उपस्थितीमा दाहाललाई अध्यक्ष चयन गरिएको हो ।






प्रतिक्रिया