अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक तर्फको मतगणना आज सकिदै : एमाले पहिलो दल

समानुपातिक तर्फको मतगणना आज सकिदै : एमाले पहिलो दल


काठमाडौं- मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज सकिने भएको छ ।

मंगलबार बिहान सम्म एक करोड चार लाख ७८ हजार ७३५ मतगणना भएको छ । जसमा नेकपा एमाले अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ ।
जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ ।

यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ ।

प्रत्यक्षतर्फको अन्तिम परिणाम भने आइसकेको छ ।