अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकाली नदीमा एकतर्फी तटबन्धबारे सरकारले भारतलाई पठायो कूटनीतिक नोट

महाकाली नदीमा एकतर्फी तटबन्धबारे सरकारले भारतलाई पठायो कूटनीतिक नोट


काठमाडौं – सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण तुरुन्त रोक्न भारतलाई कुटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको हो ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भइरहेका घटनाबारे तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि मंगलबार नेपालले भारतलाई कुटनीतिक नोट पठाएको हो ।

Skip This