अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै


काठमाडौं – नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न थालेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले निर्वाचन समीक्षाका साथै पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकबारे समेत छलफल गर्नेछ । उहाँले निर्वाचनको समीक्षाका लागि चाँडै नै पार्टीका विभिन्न तहका बैठक बोलाइने बताउनुभयो ।

एमाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिटमा विजयी भएको छ भने समानुपातिकतर्फ पहिलो दल बनेको छ ।