अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाभियोग निष्प्रभावी भएको निर्णय मैले गरेको हुँ : संसद् सचिवालयका महासचिव गौतम

महाभियोग निष्प्रभावी भएको निर्णय मैले गरेको हुँ : संसद् सचिवालयका महासचिव गौतम


काठमाडौँ – संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग निष्प्रभावी भएको निर्णय आफूले गरेको बताउनुभएको छ ।

प्रधानन्यायाधीश राणाले दिनुभएको निवेदनका आधारमा यो निर्णय भएको गौतमले बताउनु भयो ।

‘यो निर्णय उहाँले दिएको निवेदनमा टेकेर लिइएको हो। कुनै राजनीतिक सरसल्लाहमा लिइएको निर्णय होइन,’ गौतमले भन्नुभयो, ‘मैले पहिला निलम्बनको पत्र पठाएको हो। अहिले पनि मैले अवकाश हुन लागेका प्रधानन्यायाधीशको हकमा प्राकृतिक न्यायको सिद्धान्तका आधारमा निर्णय लिएको हुँ। मैले महासचिवको पदीय हैसियतअनुसार निर्णय गरेको हुँ । उहाँले पहिल्यै निवेदन दिएको भए केही निर्णय गरिन्थ्यो होला तर हिजो मात्र निवेदन दिएकाले आज मैले निर्णय गरेको हुँ ।’

संसद सचिवालयका महासचिवले महाअभियोग निष्प्रभावी भएको पत्र पठाएपछि निलम्बित प्रधानन्यायाधीश राणाले बुधबार दिउँसो सर्वोच्च जाने तयारी गर्नुभएको छ ।

Skip This