अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधी सभाको १सय १० र प्रदेश सभाको २ सय २० सिटको बाँडफाँड सबैभन्दा धेरै एमालेलाई,अरुलाई कति ?

प्रतिनिधी सभाको १सय १० र प्रदेश सभाको २ सय २० सिटको बाँडफाँड सबैभन्दा धेरै एमालेलाई,अरुलाई कति ?


काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सिट बाँडफाँड गरेको छ । समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै आयोगले आज प्रतिनिधि सभाको १ सय १० र प्रदेश सभाको २ सय २० सिट बाँडफाँड गरेको हो ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ सबै भन्दा धेरै सिट नेकपा एमालेले पाएको छ । एमालेले प्रतिनिधि सभातर्फ ३४ र सातै प्रदेश सभातर्फ ७० गरेर कुल १ सय ४ सिट पाएको हो । एमालेले प्रदेश(१ मा १५, मधेश प्रदेशमा ८, वाग्मतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट पाएको छ ।
९६ सिटसहित दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ र प्रदेश सभामा ६४ सिट पाएको छ । कांग्रेसले प्रदेश(१ मा १२, मधेश प्रदेशमा ९, वाग्मतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट पाएको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ गरेर ४३ सिट पाएको छ । माओवादीले प्रदेश(१ मा ४, मधेश प्रदेशमा ४, वाग्मतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ सिट पाएको छ ।

समानुपातिकको चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभामा ७ र प्रदेश सभातर्फ १७ गरेर २४ सिट पाएको छ । राप्रपाले प्रदेश(१ मा ४, मधेश प्रदेशमा १, वाग्मतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाएको छ ।

पाँचौ स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा १३ सिट पाएको छ । प्रदेश सभातर्फ पाएको छैन । प्रतिनिधि सभामा १ सिट पनि नपाएको एकीकृत समाजवादीले प्रदेश सभामा ९ सिट पाएको छ । एकीकृत समाजवादीले प्रदेश(१ मा १, मधेसमा ३, वाग्मतीमा २ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समान १(१ सिट मात्रै पाएको छ ।

नेमकिपाले प्रदेश सभातर्फ वाग्मतीमा मात्रै २ सिट पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधि सभामा ५ र प्रदेश सभामा ९ गरेर कुल १४ सिट पाएको छ । जसपाले प्रदेश(१ मा १, मधेसमा ७ र लुम्बिनीमा १ सिट पाएको छ ।

जनतम पार्टीले प्रतिनिधि सभामा ५ र प्रदेश सभामा ९ गरेर कुल १४ सिट पाएको छ । जनमतले मधेसमा ७ र लुम्बिनीमा २ सिट पाएको छ ।

लोकतान्त्रिक समाजवादीले प्रदेश सभामा मात्र ३ सिट पाएको छ । लोसपाले मधेसमा २ र लुम्बिनीमा १ सिट पाएको छ । नेपाल संघीय समाजवादीले प्रदेश सभातर्फ मधेसमा १ सिट पाएको छ । नागरिक उन्मुक्ति पार्टीले मधेसमा १, लुम्बिनीमा २ र सुदूरपश्चिममा २ गरेर ५ सिट पाएको छ ।

राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा १ सिट पाएको छ । हाम्रो नेपाली पार्टीले वाग्मतीमा १ सिट पाएको छ ।