अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई भेट्न सिके राउत बालकोटमा

अध्यक्ष ओलीलाई भेट्न सिके राउत बालकोटमा


काठमाडौं- चुनाव जिते लगत्तै काठमाडौं उक्लेर राजनीतिक भेटघाटमा व्यस्त बनेका जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्नु भएको छ ।
ओली,यादव र ठाकुरसँगको भेटको तस्विर फेसबुकमा राख्दै राउतले शिष्टाचार भेटघाटको क्रम जारी भनेर लेख्नु भएको छ ।
राउतले यस अघि राष्ट्रपति प्रधानमन्त्री लगायत नेताहरुलाई भेटीसक्नु भएको छ ।
विखण्डनकारी राजनीतिमा रहेका राउतलाई केपी शर्मा ओलीले २०७६ सालमा राजनीतिको मुलधारमा ल्याउनु भएको हो । जेलमा रहेका राउतले विखण्डनको मुद्धा बिसाएर मुलधारको राजनीतिमा प्रवेश गर्नुभएको हो । यप पटक सप्तरीबाट उहाँले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्नुभएको हो ।