अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछाने नेतृत्वको रास्वपाको संसदीय दलको कार्यालय प्राधिकरणको भवनमा

रवि लामिछाने नेतृत्वको रास्वपाको संसदीय दलको कार्यालय प्राधिकरणको भवनमा


काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम आएसँगै संघीय संसद् राष्ट्रिय दलहरूका लागि कार्यालय व्यवस्थापनमा जुटेको छ । पुराना दलहरूलाई पहिले प्रयोग गरेको कार्यालयमै राखिने संसद् सचिवालयले जनाएको छ ।

नयाँ पार्टीका लागि भने सिंहदरबारभित्र रहेको पुनः निर्माण प्राधिकरणको भवनमा संसदीय कार्यालयको व्यवस्था गरिएको सचिवालयले जनाएको छ ।

‘पुराना दलको यथावत् रहन्छ । नयाँ दललाई प्राधिकरणको भवनमा राख्ने भएका छौँ,’ संसद्‌का प्रवक्ता रोजनाथ पाण्डेले भन्नुभयो, ‘कार्यालयहरूको रङरोगन र फर्निचर जुटाउने काम भइरहेको छ ।’

यसपटक राष्ट्रिय दल बनेका राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका लागि संसदीय दलको कार्यालय थप गर्नु परेको हो ।