अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक सांसदको नाम शनिबारसम्म बुझाउनुपर्ने

समानुपातिक सांसदको नाम शनिबारसम्म बुझाउनुपर्ने


काठमाडौं – समानुपातिकतर्फ सिट प्राप्त गरेका दलले मंसिर २४ गते शनिबार अपरान्ह ४ बजेसम्म समानुपातिक सांसदको नाम पेस गरिसक्नुपर्ने भएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम छनोट गरेर आयोगमा पेश गरिसक्ने समयसीमा दिएको हो ।

आयोगले थ्रेसहोल्ड कटाएका प्रतिनिधि सभाका ७ वटा दल र ७ वटै प्रदेशका फरक-फरक संख्यामा रहेका दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूह अनुसारको संख्या र महिलाको संख्यासहितको पत्र दललाई पठाएको हो ।

प्रतिनिधिसभामा सातवटा दलले थ्रेस होल्ड कटाएका छन् । जसमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन् । प्रतिनिधि सभाको समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपा र जनमतले पनि ५-५ सिट प्राप्त गरेका छन् ।