अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ: विजय गच्छदार

कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ: विजय गच्छदार


मोरङ  – कांग्रेस नेता विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने बताउनु भएको छ।

माओवादी केन्द्रले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार बनाउनुपर्ने आवाज उठाइरहेको बेला गच्छदारले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी हालै सम्पन्न निर्वाचनले तेस्रो ठूलो दल भएको माओवादीलाई प्रतिपक्षमा राखेर कांग्रेस र एमालेले साना दलहरुलाई समेटेर सरकारमा जानुपर्ने बताउनु भएको हो ।

‘२०४८ र २०५१ मा कांग्रेस नेतृत्वको र २०७४ को तत्कालीन नेकपा नेतृत्वको सरकारको बहुमत हुँदा पनि राजनीतिक स्थिरता हुन नसकेको उदाहरण छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले यसपटक सत्ता गठबन्धनलाई बहुमत भए पनि ५ वर्ष ढुक्कले सरकार चलाउन र मुलुकमा राजनीतिक स्थिरता कायम गर्न कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर सरकार बनाउनु पर्छ ।’