अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक र ढल मात्र विकास होइनन्, शैक्षिक र प्राविधिक क्षेत्र पनि विकास हुन् : ज्वाला कुमारी साह

सडक र ढल मात्र विकास होइनन्, शैक्षिक र प्राविधिक क्षेत्र पनि विकास हुन् : ज्वाला कुमारी साह


बारा – बारा क्षेत्र नं ३ की साँसद एवं नेकपा एमाले पोलिटव्यूरो सदस्य ज्वाला कुमारी साहले जनताले भौतिक विकासलाई मात्र प्राथमिकतामा राखेको बताउनुभएको छ । समाजलाई भौतिक मात्र होइन शिक्षा र प्रविधि पनि विकासको महत्वपूर्ण अंग भएको बताउनुभएको छ ।
कम्प्यूटर एशोसिएसन मधेस प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै साहले चुनावमा वा अघिपछि गाउँमा जाँदा जनताले ढल बनाइदिनुु परो,सडक बनाइदिनु परो भनेर भौतिक विकासलाई नै धेरै माग्ने गरेको बताउनुभयो । ‘अहिले भर्खरै पनि म दुईवटा वडामा गाएर आँए । त्यहाँका जनताले भन्नुहुन्छ ढल बनाइदिनु परो,सडक बनादिनुपरो’ साहले भन्नुभयो ‘तर कसैले पनि स्कूल बनाइदिनु परो,कम्प्यूटर दिनु परो भन्नुहुन्न । किन होला ?’
साहले समाजको सोचाईलाई परिवर्तन गराउनु अबको राजनीतिको मुलबाटो हुने बताउनुभयो ।‘ विद्यालय भवन माग गर्नु भनेको एउटा पुस्तालाई शिक्षित,स्वरोजगार र उन्नत बनाउने माग हो ’ साहले भन्नुभयो ‘कम्प्यूटर माग्नु भनेको समाजलाई प्राविधिक फड्कोमा अघि बढाउनु हो । यि पनि विकास कै नमुना हुन् ।’ उहाँले समतामुलक समाज र सन्तुलित विकासका लागि आफू सदैव लागि पर्ने बताउनुभएको छ ।
मधेसमा रोजगारीको व्यापक अभाव भएको मानिसहरु खाली दिमाग लिएर बस्नु परेकोले यसबाट अनेक प्रकारका सामाजिक विकृती आउनसक्ने तर्फ सचेत हुनुपर्ने साहको भनाइ छ ।,