काठमाडौं – समानुपातिक निर्वाच्न प्रणालीमा दोस्रो स्थान हासिल गरेको नेपाली काँग्रेसले संघीय साँसदमा पठाउने ३२ जना नेताको नाम टुंग्याएको छ । कार्यकर्ताहरुको तिव्र विरोधका बाबजुत पनि नेताहरु विमलेन्द्र निधी र प्रकाशशरण महत पनि समानुपातिकमा परेका छन् ।
आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय बैठकले केही बेर अघि समानुपातिकतर्फको ३२ जनाको नाम टुंगाएको हो ।
काँग्रेसले पुरुष ३ जना र महिला २९ जनाको नाम टुंगो लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । काँग्रेसको बैठक अहिले पनि जारी छ । काँग्रेसले विभिन्न क्लस्टरमा छानेका समानुपातिकतर्फका साँसदहरु निम्न अनुसार छन् ।
आदिवासी जनजातितर्फ
१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन
खस आर्यतर्फ
९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की
मधेसी तर्फ
१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण
दलित तर्फ
२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक
थारु तर्फ
२७ कल्पना चौधरी
२८ विना कुमारी थनेत
मुस्लिम तर्फबाट
२९ जावेदा खातुन् जागा
तीनजना पुरुष
३० जीवन परियार
३१ विमलेन्द्र निधि
३२ प्रकाशशरण महत
प्रतिक्रिया