अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्जमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

नेपालगञ्जमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु


खजुरा – ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एकजनाको मृत्यु भएको छ ।

नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका-५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।

 ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Skip This