डोल्पा-डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
आइतबार राति करिब ३ बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पस्दा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै मृत्यु भएको हो।
बाढीमा परी अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारको व्यवस्था गरिएको सम्बन्धित निकायले जनाएको छ।
घटनापछि सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षतिको विवरण सङ्कलनमा जुटेका छन्। निरन्तर वर्षाका कारण थप जोखिम हुन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।







प्रतिक्रिया