काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको आयु र प्रभाव क्षणिक मात्र हुने बताएका छन्। उनले रास्वपा पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा लहर सिर्जना गरेर सत्तामा पुगेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा लहर सिर्जना गरेर सत्तामा पुग्नु एउटा कुरा हो, तर सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ।’
वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभई आफूलाई पुनर्जीवित गर्ने एउटा अवसर पनि भएको पनि उनले सामाजिक सजालमा लेखेका छन् ।
उनले थपे, ‘विचार, संगठन, आचरण र व्यवहारमा प्रभावकारी सुधार ल्याएर मात्रै पुराना दलहरूले आफूलाई जनतामा पुनः स्थापित गर्न सक्दछन् । यदि पुराना दलहरूले समयमै आफूलाई सुधारगर्न सकेनन् भने, राजनीतिमा एउटा पपुलिष्टको पतन पछि त्यसको ठाउँ पुनः अर्को पपुलिष्टले नै लिने सम्भावना रहन्छ ।’
सत्यलाई बुझेको एमाले वर्तमान चुनौतीलाई हरेक ढङ्गले सामना गर्न, मुलुकलाई नयाँ सोच र संकल्पका साथ संविधानवाद र परिपूर्ण लोकतन्त्रको दिशामा अघि बढाउन सक्षम रहेको बताए।






प्रतिक्रिया