काठमाडौँ-धनकुटाका नेपाली कांग्रेसका १९ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। उनीहरूले पार्टी सभापति गगनकुमार थापालाई पत्र लेख्दै कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेहरूमा दोस्रो संविधानसभाकी समानुपातिक सदस्य तथा कांग्रेस महासमिति सदस्य अञ्जना ताम्ली, कांग्रेस कोशी प्रदेश सदस्य मिना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा अन्य क्रियाशील सदस्यहरू रहेका छन्।
उनीहरूले सभापतिलाई पठाएको पत्रमा पार्टीभित्र बसेर काम गर्ने वातावरण नरहेको, साथै पछिल्लो समय देखिएका वैचारिक मतभेदका कारण कांग्रेस छोड्ने निर्णय गर्नुपरेको उल्लेख गरेका छन्।
कांग्रेसबाट अलग हुने अन्य नेताहरूमा भोलामान ताम्ली, कृष्ण लिम्बू, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बू, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बू, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बा रहेका छन्।








प्रतिक्रिया