काठमाडौं-नेकपा (एमाले)ले बागमती प्रदेशभित्र सञ्चालन गर्न लागेको ‘पार्टी जागरण अभियान’को विशेष शुभारम्भ कार्यक्रम शनिबार आयोजना गर्ने भएको छ। अभियानको शुभारम्भ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।
एमाले बागमती प्रदेश कमिटीका अनुसार कार्यक्रम २०८३ असार २० गते शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आयोजना हुनेछ।
कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, प्रदेश सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्य, जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेता–कार्यकर्ता, बागमती प्रदेश सम्पर्क कमिटी तथा अन्तर्गतका जिल्ला सम्पर्क संगठनका पदाधिकारी, प्रदेश विभागीय सचिव, प्रदेश जनसंगठनका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा पालिकामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल तथा सचिव महेश बस्नेतले पनि सम्बोधन गर्ने रहेको छ।
एमालेले अभियानमार्फत पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।







प्रतिक्रिया