झापा – झापाको बुधबारेबाट तीनजना सडक बालकको उद्धार गरिएको छ।
उद्धार गरिएका बालकहरू १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका-३ स्थित बुधबारे बजारमा ती बालकहरू बेवारिसे अवस्थामा फेला परेका थिए।
आफन्तविहीन ती बालकहरूलाई इलाका प्रहरी कार्यालय बुधबारे, स्थानीय जनप्रतिनिधि र स्थानीय पत्रकारको सहयोगमा उद्धार गरी बालबालिका खोज तलास समन्वय केन्द्र विराटनगरबाट खटिएका प्रहरी सहायक निरीक्षक (असई) नारायण कटुवालको जिम्मा लगाइएको छ।






प्रतिक्रिया