ललितपुर- नेकपा एमालेका केन्द्रीय कमिटीका सदस्य डा.भीष्म अधिकारीले विदेशमा भएका नेपालीका माग सम्बोधन गर्न पार्टी सकारात्मक हुनुपर्ने बताए।
पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा आफ्ना धारणा राख्दै नेता अधिकारीले वैदेशिक रोजगारी, अध्ययन तथा व्यावशायका कारण ठुलो सङ्ख्यामा नेपालीहरू विदेशमा भएकोले उनीहरूका मागमा पार्टी गम्भीर हुनुपर्ने बताए। उनले विदेशमा बस्ने नेपालीहरूलाई वंशजको नागरिकता दिन पार्टी सकारात्मक हुनु पर्ने बताए।
डा.अधिकारीले गत निर्वाचनमा डायस्पोरामा रहेका नेपालीले घरघमा प्रभाव पारेकोले त्यसको परिणामलाई ध्यान दिँदै उनीहरूसँगको सम्बन्धमा सुधार ल्याउनु पर्ने बताए। उनले वैदेशिक रोजगारी अवसर सङ्गै चुनौती पनि भएकोले यसका सिधा बाङ्गा पाटामा पार्टीले विश्लेषण गर्नुपर्ने बताए। पार्टीले अन्तर्राष्ट्रिय बसाँइसराइ र यसले घरेलु राजनीतिमा पार्ने प्रभावको बारेमा गहिरो अध्ययन गर्नुपर्ने स्पष्ट पारे। उनले विदेशमा भएका नेपालीले स्थानीय स्तरको राजनीतिमा पार्ने प्रभाव रोकिने होइन बढ्ने नै देखिन्छ। त्यसैले यो विषयमा एमालेमा व्यापक बहस हुनुपर्ने उनले बताएका छन्।
अधिकारीले पहिलो संविधानसभा कालमा नै जनसङ्ख्या र बसाँइसराइका विषय संसदमा प्रवेश गराएका थिए। उनी जनसङ्ख्या र बसाँइसराइका लागि साँसदहरुको मञ्च (एनएफपिपिडी)का महासचिव पनि हुन्।



प्रतिक्रिया