काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले आज शनिबार बिहान चितवनमा नारायणी नदीको बाढीले सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
यसैगरी बागलुङमा दरमखोलाले सतर्कता तह पार गरेको बाढी महाशाखाले जनाएको छ।
बाढी महाशाखाले आज बिहान ६.५० बजे सूचना जारी गर्दै भनेको छ, ‘नारायणी नदी देवघाट चितवन र दरम खोला वामीटक्सार, बागलुङ जिल्ला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुकीसम्मै उच्च सतर्क रहनुहोला।’



प्रतिक्रिया