काठमाडौं–नेकपा (एमाले) ले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले पोखरेलसहित पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, नेताहरू थममाया थापा, शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो।
सचिवालय बैठकलगत्तै बसेको केन्द्रीय कमिटी बैठकमा पोखरेलसहित स्थायी कमिटी सदस्यमा मनोनीत गरिएका नेताहरूको नाम प्रस्ताव गरिएको हो। मनोनीत सदस्यहरूको प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकमा छलफल भइरहेको छ। बैठकबाट प्रस्ताव अनुमोदन भएपछि उनीहरूको औपचारिक जिम्मेवारी तय हुनेछ।
त्यस्तै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको छ । भण्डारीको वरीयता दोस्रो रहनेछ।



प्रतिक्रिया