काठमाडौं – एक दशक लामो संगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादन गरेर आम नेपालीको मन जितेका लोकप्रिय भिडियो सम्पादक मिलन विश्वकर्मा यतिबेला कलाकारको पहिलो रोजाइमा पर्नुहुन्छ। उहाँले सम्पादन गर्नुभएका अधिकांश गीतहरु संगीत क्षेत्रमा करोड क्लबमा प्रवेश गर्न सफल गीतहरु पर्दछन्।
गीतसंगीतमा होस् या अन्य क्षेत्रमा सम्पादनको भूमिका विशेष नै रहन्छ। म्युजिक भिडियो निर्माणपछि तयार भएको दृश्यलाई फूलबुट्टा भरेर बाहिर पठाउन विशेष भूमिका खेल्ने काम नै सम्पादनकर्ताको रहन्छ। सोही सम्पादनकर्तामध्ये एक लोकप्रिय भिडियो सम्पादक हुन् मिलन विश्वकर्मा । भर्खरै मात्र सम्पन्न भएको रारा राष्ट्रिय म्युजिक अवार्डबाट उहाँले सम्पादन गर्नुभएको उत्कृष्ट गीत ‘घुम्तीमा रेल’बाट उत्कृष्ट सम्पादनको अवार्ड हात पार्न सफल हुनुभएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अवार्डमा सम्पादनको भूमिकामा रहेका उत्कृष्ट प्रतिस्पर्धी पाँचमध्ये उहाँ सर्वोत्कृष्ट बनेर अवार्ड हात पार्न सफल हुनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृह हलमा उहाँ अवार्डबाट सम्मानित हुनुभएको हो । हालसम्म मिलनले झन्डै तीन हजारभन्दा बढी म्युजिक भिडियोको सम्पादन गरिसक्नुभएको छ ।
दाङ जिल्लाको तुलसीपुर नगरपालिका वडा-९ मा २०५२ सालमा जन्मिनुभएका मिलन सानैदेखि केही गरौं भन्ने सोच उहाँमा थियो। पढाइमा पनि उहाँ निकै उत्कृष्ट विधार्थीभित्र पर्ने गर्दथे। १७ वर्षकै उमेरदेखि सम्पादनमा चासो राखेर अगाडि बढ्नुभएका उहाँ हाल अहिले चलेका सम्पादकहरुको उत्कृष्ट लिष्टमा पर्नुहुन्छ । सुरु सुरुमा काठमाडौं निकै संघर्ष गर्न पर्यो मिलनलाई । हाल उहाँ बी स्टार फ्लिम्समा कार्यरत हुनुहुन्छ भने आफ्नै प्रोडक्सन हाउस समेत खोलेर बुस्नुभएको छ ।






प्रतिक्रिया