चितवन-अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा चितवनमा तीनवटा घर डुबानमा परेका छन् । घरको छतमा बसेका १० जनाको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
आइतबार बिहान करिब १०ः३० बजे भरतपुर महानगरपालिका–१६ झनझनेस्थित गुम्बाचोकमा नारायणी नदीको बहाव बढेर तीनवटा घर डुबानमा परेका थिए । डुबानमा परेका घरको छतमा बसेका १० जनालाई सशस्त्र प्रहरी बल नेपाल नं। १७ गणबाट खटिएको सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो । सशस्त्र प्रहरीले रबरबोटको सहायताले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।





प्रतिक्रिया