अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शसस्त्र प्रहरीको गोत्ताखोरले खोंचबाट चारवटा शव निकाल्यो

शसस्त्र प्रहरीको गोत्ताखोरले खोंचबाट चारवटा शव निकाल्यो


पोखरा -आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ४ जनाको शव पनि निकालिएको छ।
उद्धारका लागि कुरिनटारबाट सशस्त्र प्रहरी बलको गोताखोर र रोप रेस्क्यु टोली झिकाइएको थियो। सोही टोलीले खोँचबाट ४ जनाको शव निकालेको हो।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टरको कमान्डमा १५ जनाको गोताखोर र रोप रेस्क्यु टोली पोखरा झिकाइएको हो।

दुर्घटनामा परेका ७२ मध्ये नागरिक उड्डयन प्राधिकरणले ६८ जनाको मृत्यु पुष्टि गरेको छ। विमानमा चार जना चालकदलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए।

पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको हो।