अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यती एयरलाइन्सको आजका सबै उडान रद्द

यती एयरलाइन्सको आजका सबै उडान रद्द


काठमाडौं । यती एयरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ ।

आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले आजका लागि तोकिएका सबै नियमित उडान रद्द गरिएको जनाएको हो ।

एयरलाइन्सले आपत्कालीन र उद्धार उडान भने जारी रहने जनाएको छ ।

आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको एनएएनसी विमान पोखराकाे सेती नदीको खोँचमा खसेको थियो ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६८ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।