काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकबाटै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ ।
आज अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभयो । मन्त्रालयका अनुसार २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।
तर त्रिभुवन विश्वविद्यालयले लिने आजका परीक्षा भने नरोकिने जनाएको छ ।




प्रतिक्रिया