अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमान दुर्घटनाको उद्धारकार्य पुनः हुँदै

विमान दुर्घटनाको उद्धारकार्य पुनः हुँदै


काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज पुनः थालिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार आज बिहानैदेखि उद्धारकार्य गरिनेछ ।

हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखराको सेती नदीको खोँचमा खसेको थियो । हिजो दिनभरि नै उद्धारकार्य गरिएको थियो । रात परेपछि उद्धारकार्यमा कठिनाइ भएकाले आज बिहानदेखि थाल्ने गरी स्थगित गरिएको थियो ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६८ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।