अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यति एयर विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

यति एयर विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा यति एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । विमान दुर्घटनाको खबरले आफू मर्माहत भएको बताउँदै प्रधानमन्त्री मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको हो ।

उहाँले आइतबार साँझ सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६८ जनाको शव फेला परेको भए पनि ४ जनाको अझैँ बेपत्ता रहेका छन् ।