अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी चार प्रदेशमा हिमपातको सम्भावना

आज यी चार प्रदेशमा हिमपातको सम्भावना


काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भु-भागमामा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

देशको तराइका भू-भागका केही स्थानमा हुस्सु लागेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहने छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात तथा तराईका भू-भागहरूमा हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।