काठमाडौं । नेकपा एमालेले दुई पटक सांसद भएका तर मन्त्री नभएकालाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ ।
एमाले स्रोतका अनुसार आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेका तर्फबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री हुने सम्भावना रहेको छ । यस्तै किरण साह राज्यमन्त्री हुने सम्भावना रहेको छ ।
मन्त्री हुन लागेका गिरी पर्वत, चौधरी सुनसरी, उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । साह रौतहटबाट स्वतन्त्रबाट जितेर एमाले प्रवेश गर्नुभएको थियो ।
एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री भइसक्नुभएको छ । एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलहरुबीच सहमति भएको छ ।




प्रतिक्रिया