काठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त हुनुभएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आयोगको नेतृत्वमा श्रेष्ठलाई ल्याउने निर्णय गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उहाँले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्न्छ।
योजना आयोगमा नियुक्त हुनुभएका उपाध्यक्ष श्रेष्ठले यसअघि एक कार्यकाल बिताइसक्नुभएको छ । श्रेष्ठ पहिलो कार्यकालका योजना आयोगको उपाध्यक्ष हुनुअघि नेपला राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक हुनुहुन्थ्यो ।




प्रतिक्रिया