अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेट

गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेट


काठमाडौं उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गर्नुभएको छ ।

गृह मन्त्रालयमा आज (मङ्गलबार) बिहान भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभिवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, उर्जाको विकास, प्रविधि हस्तान्तरण लगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा राजदूत थम्सनसँगै  नियोग उपप्रमुखलगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुनुहुन्थ्यो ।