अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईजीपी राख्ने वा हटाउने सरकारकै निर्णय हो, पार्टीले कुनै निर्देशन दिएको छैन: रास्वपा प्रवक्ता खरेल

आईजीपी राख्ने वा हटाउने सरकारकै निर्णय हो, पार्टीले कुनै निर्देशन दिएको छैन: रास्वपा प्रवक्ता खरेल


काठमाडौं-सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्।

सांसदसमेत रहेका खरेलले आईजीपीलाई हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेका हुन्।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आईजीपीको विषय सरकारको निर्णय र विवेकमा निर्भर रहने बताए। ‘आईजीपी हटाउने वा राख्ने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहन्छ,’ खरेलले भने।

उनको भनाइले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउने वा निरन्तरता दिने विषयमा पार्टीले सरकारमाथि कुनै दबाब वा निर्देशन नदिएको स्पष्ट पारेको छ।