अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति लागू गरौं : ज्ञानेन्द्र शाही

सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति लागू गरौं : ज्ञानेन्द्र शाही


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउने नीति लागू गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा उहाँले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति लागू गरेमात्रै सरकारी विद्यालयमा सुधार हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्माननीय, माननीयज्यूको छोराछोरीलाई नेपालको सरकारी स्कुलमा पढाऔं । आजदेखि नीति लागू गरौं तब मात्र नेपालको सरकारी विद्यालय सुध्रिन्छन्।’ 

शाहीले समावेशी र समानताको कुरा गर्नेले विकासलाई पनि समानता साथ अगाडि बढाउने हिम्मत राख्न सक्नुपर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘समावेशी र समानताको कुरा गर्नेले विकासलाई पनि समानका साथ अगाडि बढाउन हिम्मत राख्न सक्नुपर्छ ।’