अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामचन्द्र पौडेललाई योगेश भट्टराईको प्रश्न: राष्ट्रिय सहमतिको गीत अचानक किन गाउनुभयो ?

रामचन्द्र पौडेललाई योगेश भट्टराईको प्रश्न: राष्ट्रिय सहमतिको गीत अचानक किन गाउनुभयो ?


काठमाडौं – नेकपा एमाालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नेताहरुले राष्ट्रिय सहमतीको कुरा गर्नु साँघुरो चिन्तन भएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सहमति एजेण्डा र संवैधानिक प्रक्रियामा गर्नुपर्ने भन्दै उहाँले राष्ट्रिय सहमतिलाई हल्का रुपमा नलिन आग्रह समेत गर्नुभयो । मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले भन्नुभयो, ‘रामचन्द्र पौडेलले पुस १० गते अगाडी त यो गीत गाउनु भएन । यो गीत अचानक किन आयो ?’

राष्ट्रिय सहमति भनेको पदको बाँडफाँट नभएको भन्दै उहाँले भन्नुभयो, ‘राष्ट्रिय सहमति भनेको एजेण्डामा सहमति हो, संवैधानिक प्रक्रियामा सहमति हो। पदीय बाँडफाँटमा राष्ट्रिय सहमति एकदमै साँघुरो चिन्तन हो ।’

सचिव भट्टराईले राष्ट्रपतिको निर्वाचन तोकिएको समयभित्रै हुनुपर्नेमा जोड दिनुभयो । केही समस्या भएमा निर्वाचन आयोगले समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही समस्या छ भने निर्वाचन आयोगले फुकाओस् र छिटोभन्दा छिटो तोकिएको समयभित्र राष्ट्रपतिको निर्वाचन होस् । एमालेसँग यसमा विवाद गर्नुपर्ने कुनै विषय छैन।’