काठमाडौं -काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो देशको ७४औँ गणतन्त्र दिवस मनाएको छ । आज राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा ७४औँ गणतन्त्र दिवस मनाएको हो ।
सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्याएको योगदानलाई कदर गर्दै केही व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरूको सम्मानमा उनीहरूको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।
त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।
दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरूलाई उपहारस्वरुप पुस्तकसमेत प्रदान गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।




प्रतिक्रिया