अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बषन्तपुरमा भिभिआइपीको वषन्त श्रवण (तस्विरमा हेर्नुहोस )

बषन्तपुरमा भिभिआइपीको वषन्त श्रवण (तस्विरमा हेर्नुहोस )


काठमाडौं- श्रीपञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत भिभिआइपीहरुले बषन्त श्रवण गर्नुभएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०:४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण मनाइएको हो । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको छ ।

वसन्त श्रवणको अवसरमा उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायत पनि वसन्त श्रवणमा उपस्थित थिए ।