अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना

एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना


काठमाडौं – नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले भारतीय गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले आज ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई शुभकामना दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४औं वर्ष (आजादीका अमृत महोत्सव) अर्थात् भारतीय गणतन्त्र दिवसका अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

ट्विटमा उहाँले गहिरो आपसी मित्रता, पारस्परिक सम्मान र विश्वासमा आधारित सम्बन्ध विकास गर्दै विकासका मुद्दामा दुई देशबीचको सहकार्य मजबुत हुने विश्वास व्यक्त गर्नुभएको छ ।