काठमाडौं – आज देशका पहाडी भूभागमा बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश– १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले आज राति प्रदेश–१ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
तराईमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।






प्रतिक्रिया