काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखिएको दान पेटिकामा संकलित रकम शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गर्नुभएको छ ।
दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले आफू मन्त्री भएलगत्तै बधाई दिन आउनेलाई खादा, माला नल्याउन बरु त्यसबापतको रकम दान पेटिकामा जम्मा गर्न भनेर मन्त्रालयमा दान पेटिका राख्नुभएको थियो ।
उक्त दानपेटिकामा जम्मा भएको रकममा आफ्नो एक महिनाको तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीले घोषणा गर्नुभएको हो ।
बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताउनुभयो ।
संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उहाँले बताउनु भयो । उहाँका अनुसार विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुनेछ।




प्रतिक्रिया