काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै छठ पर्वले आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने बताएका छन्।
अध्यक्ष ओलीले शुद्धता, संयम र निष्ठाको यस पावन पर्वले सूर्यको उपासनामार्फत प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउने उल्लेख गरेका छन् ।
त्यस्तै, छठ पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने बताउँदै अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा कृतज्ञता र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार हुने कामना गरेका छन्।
अध्यक्ष ओलीले छठ पर्वको अवसरमा सबैको सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् ।



प्रतिक्रिया