अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका मेयर बालेनबिरुद्ध सडकमा उत्रिए महानगरवासी

काठमाडौंका मेयर बालेनबिरुद्ध सडकमा उत्रिए महानगरवासी


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबिरुद्ध महानगरवासी नै सडक आन्दोलनमा उत्रिएका छन् । मेयर बालेनले डोजर आतंक चलाएको भन्दै आज काठमाडौंमा विरोध प्रदर्शन भएको हो।

काठमाडौंका विभिन्न ठाउँका बसिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी हुनुभएको छ ।