अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा प्रहरी हिरासतबाट ६ अभियुक्त फरार

धनुषामा प्रहरी हिरासतबाट ६ अभियुक्त फरार


धनुषा-धनुषामा हिरासतबाट ६ अभियुक्त फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर गएराति ६ अभियुक्त फरार भएका धनुषा प्रहरीले जनाएको हो ।

गए राति करिब १ देखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर फरार भएको धनुषाका प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिनुभयाे ।

भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए।

प्रहरीले फरार अभियुक्तहरूको जिल्ला र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको जानकारी दिएको छ ।