अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत योजना आयोगको सदस्य नियुक्त

सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत योजना आयोगको सदस्य नियुक्त


काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरिएको हो।

ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीईओ हुनुहुन्थ्यो भने शाक्य पूर्व राजदूत हुन् । महत यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य हुनुहुन्थ्यो।

योजना आयोगको उपाध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो।