अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतामाईका अग्नी पीडित परिवारलाई उद्योग वाणिज्य संघद्वारा आर्थिक सहयोग

रौतामाईका अग्नी पीडित परिवारलाई उद्योग वाणिज्य संघद्वारा आर्थिक सहयोग


उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका-८, पाँबु पाखाटोलका अग्नी पीडित परिवारलाई जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले आर्थिक सहयोग गरेको छ ।

जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष इश्वरमान राई, जिल्ला कमिटी सदस्य प्रदिप देउजा, सौगात केसी, देव गिरी, विरेन्द्र खड्का र रौतामाई संयोजक कुमारीज्यू ठकुरी सहितले अग्नी पीडित रामबहादुर बुर्जा मगर परिवारको घरमै पुगेर राहत स्वरुप रु. १८ हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

गत फागुन २६ गते मगरको दुईतले घरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको थियो । उक्त आगालागीमा परी मगरका ६ वर्षिया छाेरी जस्मिन मगर र दुई वर्षिय छोरा रोजन मगरको मृत्यु भएको थियो। सो घटनामा मानविय क्षति बाहेक झन्डै दश लाख बराबरको क्षति भएको थियो।

यसअघि राष्ट्रिय युवा संघ नेपाल उदयपुरका अध्यक्ष बिमल भण्डारीको नेतृत्वमा घटना स्थल पुगेर नगर रु. २६ हजार पाँच सयसहित डस्ना, सिरक, चामल, तेल लगायतका सामाग्री पीडित परिवारलाई सहयोग गरेको थियो ।

घटना स्थल सदरमुकामबाट करिब ४५ किलो मिटर र रौतामाई गाउँपालिका भुट्टारबाट ६ किलो मिटर टाढा पर्छ ।

यसअघि पनि रौतामाई गाउँपालिका वडा–४ र वडा नम्बर ५ मा आगलागी भएको थियो । तर मानवीय क्षति चाहिं भएकाे थिएन ।

Skip This