अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश नेपालीको शव वीरबाट शिक्षण अस्पताल लगियो

गणेश नेपालीको शव वीरबाट शिक्षण अस्पताल लगियो


काठमाडौं – त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको शव राति १० बजेतिर शिक्षण अस्पताल पठाइएको हो । सहमति नभएकोले उनको शव परिवारले बुझेका छैनन् । त्यसैले शव सुरक्षित राख्नु पर्ने भएकोले राति नै शिक्षण अस्पताल पठाइएको वीर अस्पतालमा सूचना अधिकारी प्रकाश बुढाथोकीले जानकारी दिए ।

वीर अस्पतालमा शवलाई सुरक्षित राख्ने फ्रिज नभएका कारण शव शिक्षण अस्पताल पठाइएको सूचना अधिकारी बुढाथोकीले बताए । सरकारले गणेशका आफन्तसँग शुक्रबार अनौपचारिक वार्ता गरेको थियो तर कुनै निष्कर्ष निस्किएन । आज थप वार्ता गर्ने तयारी छ ।

आफन्ले सरकारको ज्यादतीका कारण गणेशले आत्मदाह गरेको भन्दै आन्दोलन थालेका छन् । गणेशले बिहीबार काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका हुन् ।
सरकारले गणेशका आफन्तसँग शुक्रबार अनौपचारिक वार्ता गरेको थियो तर कुनै निष्कर्ष निस्किएन । आज थप वार्ता गर्ने तयारी छ ।

आफन्ले सरकारको ज्यादतीका कारण गणेशले आत्मदाह गरेको भन्दै आन्दोलन थालेका छन् । गणेशले बिहीबार काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका हुन् ।

Skip This