अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको घटनालगत्तै सर्लाहीमा पनि आत्मदाहको प्रयास

काठमाडौँको घटनालगत्तै सर्लाहीमा पनि आत्मदाहको प्रयास


सर्लाही-राजधानी काठमाडौँमा बिहीबार भएको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार मण्डलको मानसिक अवस्था केही समयदेखि असन्तुलित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनले के कारणले यस्तो कदम चाले भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

गम्भीर घाइते मण्डललाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ। उपचारको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यसअघि बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेका थिए। उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको थियो। उक्त घटनापछि देशभर आत्मदाहका घटनाबारे चिन्ता व्यक्त भइरहेका बेला सर्लाहीमा पनि यस्तै प्रकृतिको घटना सार्वजनिक भएको हो।

Skip This