काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणले ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरुका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।
सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा, सहनिर्देशक डोलनाथ कँडेललाई कार्यकारी निर्देशकको सचिवालयमा, वसन्त कुमार ढुंगानालाई केन्द्रीय भुक्तानी महाशाखामा र शोभा पौडेललाई नियुक्ति सिफारिस महाशाखामा सरुवा गरिएको छ ।
यसैगरी प्रबन्धक हरिकुमार श्रेष्ठलाई स्ट्रक्चरल डिजाइन महाशाखाबाट तनहुँ हाइड्रोपावर लिमिटेडमा सरुवा गरिएको छ ।






प्रतिक्रिया