अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ सहकारीलाई सम्पर्कमा आउन कटारी नगरपालिकाको निर्देशन

२४ सहकारीलाई सम्पर्कमा आउन कटारी नगरपालिकाको निर्देशन


उदयपुर – उदयपुरको कटारी नगरपालिकाले आफ्ना नगरपालिकाभित्र रहेका सहकारी संस्था नगरपालिकासँग सम्पर्कमा नरहेकालाई खोजी सुरु गरेको छ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै २४ सहकारालाई ३५ दिनभित्र सम्पर्कमा आएन निर्देशन दिएको छ। यी सहकारीहरू हालसम्म पनि सम्पर्कमा नआएको, नगरपालिकाले विगतका वर्षहरूमा माग गरेको विवरण उपलब्ध नगराएको, अनुगमनमा पनि सहकारी संस्थाहरूको कार्यालयमा सम्पर्क र ताकेता गर्दा पनि संस्थाहरूले कुनैपनि तत्परता नदेखाएको नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ।

यस्तै, केही संस्थाहरूसँग सम्पर्क स्थापित गर्न नसकिएको र कानूनले दर्ता गर्ने अधिकारीसमक्ष पेस गर्नुपर्ने भनी निर्दिष्ट गरेको कुनै पनि किसिमका विवरणहरू उपलब्ध नगराएको भन्दै सम्पर्कमा आउन सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ।

कटारी नगरपालिकाको क्षेत्राधिकारभित्र ५४ सहकारी संस्था रहेको छन्। त्यसमा २४ सहकारी ‘गायब’ छन्। तोकिएको समयमा उपस्थित नभएमा कानून बमोजिम कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ।